इलाम, १५ फागुन
इलाम क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनको तयारीमा राष्ट्रिय स्वतन्त्र पार्टी जुटेको छ । हिजो बसेको पार्टीको बैठकले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई इलाम पठाउने निर्णय गरेपछि बुर्लाकोटी इलाम जाने भएका छन् ।
इलामको बसाईमा बुर्लाकोटीले स्थानीयसँग भेटघाट, उपनिर्वाचनको प्रारम्भिक तयारी र जनगुनासो सुन्ने, सुझाव संकलन गर्ने कार्यक्रम रहेको पार्टीले जानकारी दिएको छ ।
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा भित्रभित्रै चुनावी माहौल तातेको छ ।
निर्वाचन आयोगले इलाम निर्वाचन क्षेत्र नम्बर २ मा २०८१ साल वैशाख १५ गते उपचुनाव गराउने निर्णय गरेको छ ।








