काठमाडौं, फागुन १४
बारामा लेथ वर्कसपभित्र ग्यास पड्किँदा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय, बाराका डीएसपी दधिराम न्यौपानेका अनुसार बाराको निजगढ नगरपालिका–७, निजगढ बजारमा रोहित वर्कसपमा ग्यास सिलिण्डर पड्किएको हो । सोमबार मध्याह्न १२ बजे ग्यास वेल्डिङ गर्ने क्रममा सिलिण्डर पड्किएको हो ।
डीएसपी न्यौपानेका अनुसार मृत्यु हुनेमा निजगढ–५ का अन्दाजी ४५ वर्षीया रेशम मगर रहेका छन् । मगरको बयोधा अस्प्ताल वीरञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
घटनामा ५ जना घाइते छन् । घाइते हुनेमा बाराका ४५ वर्षीया सूर्यबहादुर थापा, वीरगञ्ज–९, पर्साका फिरोद देवान, २० वर्षीया रितु रजत, भारतीय नागरिक ३५ वर्षीय राकेश जयसवाल र २० वर्षीय अरविन शाह छन् । घाइतेको वयोधा अस्प्तालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








