काठमाडौं, फागुन १४ –
प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरुले अवरोध गरेका छन् ।
प्रतिनिधि सभा (संसद) को सोमबार बसेको बैठकमा एमालेसहितका प्रतिपक्ष दलका सांसदहरुले आ–आफ्नो स्थानमा उभिएर नाराबाजी गर्दै अवरोध गरेका हुन् ।
उनीहरुले सभामुखको रुलिङ पालाना गर, दोषी मन्त्रीहरुलाई कारबाही गर जस्ता नारा लगाएका थिए ।
अवरोध गर्नुअघि एमालेको तर्फबाट सांसद गोकुल बास्कोटाले भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वाला, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र पर्यटन मन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको दोहोर्याएका हुन् । उनले प्रधानमन्त्रीले आजै संसद्मा जवाफ दिनुपर्ने बताए।
राजेन्द्र लिङ्देन र रास्वपाका तर्फबाट रवि लामिछानेले पनि आफ्नो धारणा राखेर प्रतिपक्ष एउटै मुद्दामा उभिएर विरोध गरेका हुन् ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार