रौतहट, १३ फागुन
रौतहटको गुजरा नगरपालिकास्थित ४ मा किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बारा करैयामाई गाउँपालिका १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








