काठमाडौँ, १३ फाुगन
नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रहेका मनिष डाँगीको घरमा चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका घर भएका अनुप तामाङ र रविन तामाङ तथा ललितपुरको गोदावारी नगरपालिका घर भएका राजन श्रेष्ठ रहेका छन् ।
डाँगीको ललितपुरको इमाडोलस्थित घरमा गत फागुन ६ गते चोरी भएको थियो । घरबाट ४५ लाख रुपैयाँ बराबरको धनमान चोरी भएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








