सुनसरी, १३ फागुन
सुनसरीको चतराबाट सशस्त्र प्रहरी बलले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाका अनुसार को.१च २९३७ नम्बरको एम्बुलेन्स नियन्त्रणमा लिइएको हो । एम्बुलेन्सबाट २७३ किलो गाँजा बरामद गरिएको थापाले बताए ।
गाँजा र एम्बुलेन्स इलाका प्रहरी कार्यालय चक्रघट्टीमा बुझाइएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








