झापा, १३ फागुन
झापामा प्रबिन्धित लागुऔषसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सुनसरीको धरान उपमहानगरपालिका ५ बस्ने २४ वर्षीय थामबहादुर विक र सोही ठाउँ बस्ने अर्जुन विक रहेका छन् ।
मेचीपुलस्थित लागुऔषध नियन्त्रण ब्युरो र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आइरहेका उनीहरुलाई शंका लागेर चेकजाँच गर्ने क्रममा लागुऔषध भेटिएको प्रहरीले बताएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








