काठमाडौँ, १२ फागुन
अनेरास्ववियु नेता कमल जोशीमाथि अज्ञात समूहले आक्रमण गरेका छन् । शुक्रवार साँझ लैनचौर स्थित अमृत साइन्स कलेज (अस्कल) मा आयोजित कार्यक्रम सकेर निस्केका जोशीमाथि आक्रमण भएको हो ।
आक्रमणमा संलग्न एक जनालाई नियन्त्रणमा लिएको प्रहतिले बताएको छ । प्रहरीका अनुसार आक्रमणकारीले उनलाई इट्टा र रड प्रहार गरेका हुन् । जोशीको टाउकोमा चोट लागेको छ ।
अखिलको स्थायी समिति सदस्य जोशी यसअघि अस्कल क्याम्पसको स्ववियु सभापतिमा चुनाव लडेका हुन् ।
घटनाबारे जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ ।








