काठमाडौ, ११ फागुन
थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डभित्रबाट बच्चा चोरी भएको छ ।
काभ्रेपलाञ्चोक चौरीदेउराली गाँउपालिका ३ घर भई काठमाडौंको कपन बस्ने वर्ष २२ की सबिना श्रेष्ठले बोकिराखेकको अवस्थामा २६ दिनकी छोरीलाई एक अपरिचित महिलाले लगेर फरार भएकी हुन् ।
ती अपरिचित महिलाले एक छिन म समातिदिन्छु भन्दै छलेर बच्चा लगी फरार भएको प्रहरी जनाएको छ। बच्चा चोरी गरेर भाग्ने महिलाको व्यापक खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।








