सर्लाही, ११ फागुन
सर्लाहीमा ११६ केजी गाँजासहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्वी नवलपरसीको गैँडाकोट नगरपलिका–११ घर भएका ३० वर्षीय सूर्य परियार रहेका छन् । बागमती प्रदेश–०१–०२६ च ५१५९ नम्बरको कार चेकजाँच गर्दा ११६ केजी गाँजा फेला परेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले जानकारी दिए ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय सर्लाहीले अनुसन्धान गरिरहेको छ ।








