१० फागुन, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब एक किलो सुन बरामद भएको छ ।
विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माका अनुसार, पाइन्ट र लगाएको अन्य लुगाभित्र सुनको लेपन लगाएर ल्याएको अवस्थामा बरामद गरिएको हो ।
सुनसहित भारतीय नागरिक मोहमद जेसन पक्राउ परेका छन् । दोहाबाट मुम्बई हुँदै उनी अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ओर्लिएका थिए ।








