काठमाडौँ, १० फागुन
महिलाको चरित्र हत्या गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने किरण थापा रहेका छन् ।
थापामाथि महिलाको गोप्य फोटो र भिडियो आफन्त तथा परिवारजनमा पठाई सामाजिक तथा व्यक्तिगत जीवनमा गम्भीर असर हुने कार्य गरी चरित्र हत्या गरेको आरोप छ । विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी उक्त समयमा खोजतलास गर्दा फेला नपरी फरार रहेका थापालाई बुधबार काठमाडौंस्थित गोङ्गबुबाट पक्राउ गरिएको हो ।
साइबर ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थीका अनुसार सामाजिक सञ्जाल फेसबुकमा साथी बन्ने क्रममा पीडित महिला र थापाबिच म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भएको थियो । सम्बन्ध बिग्रिए पछि थापाले ति महिलाको गोप्य फोटो र भिडियो आफन्त तथा परिवारजनमा पठाएका थिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।








