इलाम, १० फागुन
इलाममा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा ३३ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सूर्योदय नगरपालिका-१ बस्ने ३३ वर्षीय पेम्बा शेर्पा रहेका छन् । उनलाई प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको हो ।
शेर्पाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मानेभञ्ज्याङबाट खटिएको प्रहरीले उनलाई सूर्योदय नगरपालिका-१ मानेभञ्ज्याङबाट पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।








