काठमाडाैं फागुन १०
हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।
कोशी र मधेश प्रदेशलगायत देशको पहाडी भू-भागको थोरै स्थानका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








