काठमाडौँ, ९ फागुन
काठमाडौंको सीतापाइलामा मृत भेटिएका चारै जनाको पहिचान खुलेको छ । उनीहरु श्रीमान, श्रीमती र दुईछोरी भएको खुलेको छ ।
सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ बस्ने राजु घिमिरे, ३९ वर्षीय इश्वरी श्रेष्ठ, आठ वर्षीया छोरी अनिशा र दुई वर्षीया नातिनी शिवना मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजु र इश्वरी श्रीमान-श्रीमती हुन् ।
श्रीमतीसहित दुईछोरिको शब नागार्जुन नगरपालिका–६ भैरवटोलस्थि डेरामा फेला परेको थियो ।डेराबाट प्रहरीले हम्बर र चक्कु बरामद गरेको छ ।
श्रीमती र दुईछोरीको हत्या गरेपछि राजुले झुन्डिएर आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । उनको शव घरभन्दा केही पर जंगलमा सालको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








