काठमाडौँ, ९ फागुन
दुई छोरीसहित कोठामा मृत भेटिएकी महिलाका श्रीमान् जंगलमा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
जंगलमा मृत फेला पर्नेमा सोलुखुम्बुको दुधकुण्ड नगरपालिका घर भई नागार्जुन नगरपालिका–६ भैरबटोलमा बस्ने राजु घिमिरे रहेका छन् । उनले श्रीमती र दुई छोरीको हत्यापछि आफूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
श्रीमती र दुई छोरीको शब काठमाडौँ सितापाइलास्थित कोठामा भेटिएको हो ।
प्रहरीले तीन जना मृत फेला परेको घटनास्थलबाट हम्बर र चक्कु बरामद गरेको छ ।








