अछाम, ९ फागुन
अछाममा जीप दुर्घटना हुँदा एक नाबालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीका पूर्वीचौकी गाउँपालिका ४ बस्ने गजेन्द्र खड्काको डेढ वर्षीय छोरा ईशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए । उनका अनुसार गम्भीर घाइते बालकको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
से.१.ज.४२९ नम्बरको जीप अनियन्त्रित भई सडकबाट खसेको थियो । लुंग्राबाट साँफेबगर जाने क्रममा जीप सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । चालकलाई नियन्त्रणमा लिएर थप सोधपुछ भइरहेको प्रहरीले बताएको छ।
छामको चौरपाटी गाउँपालिका ५ का ५ वर्षीय दीपेन्द्र रावल र सोही ठाउँकी ८ वर्षीय स्माइल रावलको पेट र टाउकोमा गम्भीर चोट लागेको छ । घाइतेहरूको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ ।
अन्य घाइतेको विवरण र अवस्था :-
१) जिल्ला डोटी पुर्वीचौकी गा.पा. ४ बस्ने वर्ष अं.२३ की अनिसा खड्का ( टाउको र खुट्टामा चोट अवस्था गम्भीर रहेको )
२) जिल्ला अछाम चौरपाटी गा.पा. ५ बस्ने वर्ष अं. ५ को दीपेन्द्र रावल (बायाँ खुट्टामा चोट अवस्था सामान्य )
३) ८ वर्षीय स्माइल रावल (पेट र टाउकोमा चोट अवस्था गम्भीर )
४)११ वर्षीय आयुस खड्का (टाउको र ढाडमा चोट अवस्था गम्भीर )
५) ७३ वर्षीय दान बहादुर खड्का ( टाउको, ढाड र हातको चोट अवस्था मध्यम )
६) ७२ वर्षीया गंगा खड्का (टाउको र छातीमा चोट अवस्था मध्यम)
७) ७५ वर्षीया गौरीदेवी खड्का ( टाउको र अनुहारमा चोट अवस्था सामान्य )
८) ६ वर्षीय वसन्त मिजार (टाउको र निधारमा चोट अवस्था मध्यम )
९) ७६ वर्षीय सिद्ध खड्का (टाउको र हातमा चोट अवस्था मध्यम )
१०) ६५ वर्षीया धनसुबा खड्का (दाहिने गालामा चोट अवस्था सामान्य )
११) २ वर्षीय आज्ञान खड्का । (मुख र कानमा चोट अवस्था सामान्य )
१२) ८ वर्षीय रमित मिजार । (दाहिने खुट्टामा चोट अवस्था सामान्य )
१३) ८ वर्षीय प्रमिसा रावल । (खुट्टामा चोट अवस्था सामान्य)
१४. ५१ वर्षीय चालक तेज बहादुर गवल(सामान्य घाइते)








