काठमाडौं, ९ फागुन
काठमाडौंको सीतापाइलामा ३ जना मृत फेला परेका छन् ।
एउटै परिवारका ३ जनाको शव फेला परेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार मृत फेला पर्नेमा एक जना महिला र दुई जना बच्चा रहेका छन् ।
घटनास्थलमा प्रहरीको टोलि पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।








