८ फागुन, बुटवल
रुपन्देहीको सैनामैना खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्ष पदमाराष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार एकबहादुर क्षेत्री विजयी भएका छन् । उनि सत्ता गठबन्धन र नेकपा एमालेलाई पछि पार्दै ७०५ मतसहित विजयी भएका हुन् ।
उक्त चुनावमा दुई हजार चार सय मत खसेको थियो । माओवादी केन्द्रका उम्मेदवार नारायण पाण्डेले ६४१ मत पाए । नेकपा एमालेका नारायण थापाले ६२६ र स्वतन्त्र उम्मेदवार रेशम खांडले २८१ मत पाए ।
अन्य सबै पदमा नेकपा एमालेका उम्मेदवारहरू विजयी भए भने सत्ता गठबन्धनका उम्मेदवार शुन्य भएको छ ।
यसअघि तिलोत्तमाको खानेपानी संस्थामा एमाले, कांग्रेस र माओवादीसहितको गठबन्धन हुँदा समेत रास्वपाका तीनजना उम्मेदवार कार्यसमिति सदस्यमा विजयी भएका थिए ।