काठमाडाैं फागुन ८,
हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै देशका बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








