काठमाडौँ, ७ फागुन
सशस्त्र प्रहरी बलका डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई स्वयम्भूबाट पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका एकजना अधिकृतले बताए । डीएसपी केसी पोखरास्थित नम्बर–४ बाहिनी पोखरामामा कार्यरत छन् ।
डीएसपी केसीमाथि स्वयम्भूस्थित न्यु इभान पोइन्ट रेस्टुरेन्टमा महिलाको अश्लील भिडियो खिचेको आरोप छ । पीडितहरूले दिएको जाहेरीको आधारमा उनि पक्राउ परेका हुन् ।
वैयक्तिक गोपनियतासम्बन्धी ऐन–२०७५ को दफा–१६ अनुसार अनुमति बिना कसैको तस्बिर वा भिडियो खिच्न नपाइने कानुनमा उल्लेख छ।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।








