काठमाडौँ, ६ फागुन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद बिनिता कठायतले हाम्रो भाषा न सरकारले बुझ्छ न पिरमर्का भन्दै गुनासो गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठक बोल्दै सांसद कठायतले यस्तो गुनासो गरेकी हुन् ।
‘माठी बस्या मान्ठे हुन् कि राक्षस प्रवृत्तिका हुन् । यदि मान्ठे भइदियाका भया हाम्रो मनका पिर र मर्का बुझ्दा हुन्, मेरो घुडाँ दुखेको यतिका बर्ष भइगयो, म कर्णाली प्रतिष्ठानसम्म जान हक्दैन’, कठायतले भनिन्, ‘यहि स्वास्थ चौकीको राम्रो सुबिधा भइदिया भए औषधि खाएर घुँडो दुख्या निको हुन्याछु, यो सरकारले न हाम्रो भाषा बुझ्छ न पिर र मर्का ! यस्तो स-साना कर्णाली बासिन्दाका कुराहरु यो सरकारले बुझ्दैन भने सरकारलाई कसरी आफ्नो मान्ने ?’
सांसद कठायतले बैठकमा जुम्लाका जनताको गुनासो सदनमा सुनाएकी थिइन् ।








