काठमाडौँ, ६ फागुन
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई विलम्व बर्खास्त गर्न माग गरेको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समय लिएर बोल्दै सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा दोषी ज्वालालाई बर्खास्त गर्न माग गरेका हुन् ।
“प्रधानमन्त्रीले बर्खास्त गरेको भन्ने सूचना पाएनौँ । सिपाहीलाई कारबाहीको डन्डा, मन्त्रीलाई उन्मुक्ति हुन सक्दैन,” उनले भने । सरकार आफैँले बनाएको अयोगले भौतिकमन्त्री ज्वाला दोषी भनेपछि किन निलम्बन नगरको भन्दै बर्तौलाले प्रश्न गरे ।








