१ फागुन, पाल्पा ।
पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
मंगलबार अपराह्न तिनाउ गाउँपालिका-६ स्थित शिखरडाँडामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवर्ण श्रेष्ठले जानकारी दिए।
यात्रुहरू बोकेको लु ख १ ज २३७१ नम्बरको जिप डुम्रेबाट शिखरडाँडा जाँदै गर्दा मंगलबार साँझ पौने ५ बजे दुर्घटना भएको हो।








