काठमाडौँ, १ फागुन
नेपाली बजारमा बिगत ३१ बर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले विभिन्न क्षेत्रमा ब्यापार गर्दै आइरहेको छ । जसमा सेनेटरिका आइटम, बाथरुम फिटिंग, अपार्टमेन्ट, मास्क, अटोमोबाइल रहेको छ ।
बज्र ग्रुपको अटोमोबाइल अन्तर्गत इ भी नेपाल मोटर्स प्रा लिले भ्यालेन्टाइन स्किम लागु गरेको छ । जसमा वुलिंग कार किन्दा सुनको हार र लेभ्निंग स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउने छन् । यो स्किम निश्चित समयको लागि लागु गरिएको बज्र ग्रुपका सहायक महाप्रबन्धक एन के शरदले जानकारी दिए ।

लेभ्निंग स्कुटर १२ ओटा फरक मोडेलमा रहेको छ। सो स्कुटर विद्यार्थीदेखि अपांगहरुले चढ्न सक्नेछन् । स्कुटरमा २ वर्षको वारेन्टी, फाइनान्स र एक्सचेन्ज पनि सुबिधा रहेको छ ।
त्यस्तै, वुलिंग गाडीमा पनि ८ वर्षको वारेन्टी, फाइनान्स र एक्सचेन्ज पनि सुबिधा रहेको साउदले बताए ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार









