नवलपरासी, १ फागुन
नवलपरासीमा एकैघरका हजुरबुवा र नातिको हत्या भएको छ ।
जिल्लाको सुस्ता गाउँपालिका – ३ मर्चहवा बस्ने ६५ वर्षका यक्षलाल चमार र ११ वर्षीय गौचरण चमारको हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
दुवैजनाको शव घर बाहिर उत्तानो अवस्थामा फेला परेको हो ।
घटनास्थलमा तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी रेशम बोहोराले जानकारी दिए ।
















