काठमाडौँ, २९ माघ
काठमाडौँको मैतीदेवीमा दुईजना किशोरीमाथि छुरा प्रहार भएको छ । ललितपुर घर भएकी शान्ति भण्डारी र गोरखा घर भएकी विमला बयलकोटीमाथि छुरा प्रहार भएको हो ।
शान्तिको टाउकोमा र विमलाको घाँटीमा चोट लागेको छ ।
भारतको राजस्थान घर भएर मैतीदेवी बस्ने युवकले छुरा प्रहार गरेको प्रहरीले जानकारी दिए । छुरा प्रहारमा संलग्न युवक फरार रहेका छन् । प्रहरीका अनुसार घटना युवकको कोठामा भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








