काठमाडाैं माघ २९,
सुनसरी प्रहरीले भारतीय नम्बर प्लेटको गाडीबाट झण्डै दुई करोड रुपैयाँका नक्कली नेपाली नोट बरामद गरेको छ ।
बीआर ११ एक्स ३४२९ नम्बरको भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका-४ बाट १ करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए ।
नक्कली नोटसहित एक जना भारतीय नागरिकलाई समेत पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा गाडीका चालक भारतको वीरपुर घर भएका २२ वर्षीय मोहमद सैयद रहेका छन् ।
ट्राफिक प्रहरीको चेकजाँचका क्रममा गाडीले चेकिङ छल्न खोजेपछि प्रहरीले खानतलासी गरेको थियो ।
नक्कली नोटहरू झोलामा राखेर, बोराभित्र कोचिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








