दैलेख, २८ माघ
नेकपा एमालेका महासचिव शंकर पोखरेल चढेको जिप दुर्घटना भएको छ ।
उक्त जिप दैलेख जानेक्रममा दुर्घटना भएको एमालेका उपमहासचिव विष्णु रिमालले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् । ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना’ भनेर रिमालले लेखेका छन् ।
म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दैलेखको डुंगेश्वर गाउँपालिकाको चुप्रा बजार नजिक दुर्घटना भएको हो ।
दुर्घटनाबाट मानवीय क्षति नभएको नेता रिमालले बताएका छन् ।








