हुम्ला, २६ माघ
हुम्लामा ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा २० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अदानचुली गाउँपालिका-३ गोरपाली बस्ने हर्क बुमी रहेका छन्। प्रहरीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।
बुमीले ती महिलालाई सोही गाउँपालिका-४ स्थित रिल्मा बनमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गल्फगाडबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








