बारा, २५ माघ
नक्कली नोटसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही चन्द्रनगर गाउँपालिका घर भएका ४४ वर्षीय रामचन्द्र महतो कोइरी, बारा परवानिपुर गाउँपालिका–५ घर भएका सुमित साह, सोही ठाउँ बस्ने सन्तोष पटेल, पर्साको वीरगन्ज महानगरपालिका–१० घर भएका विशाल कुमार श्रीवास्तव र सोही ठाउँ बस्ने नीरज श्रीवास्वत रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरुको साथबाट एक हजार दरको ६१ थान नक्कली नोट र भारतीय सीमकार्डसहितको ७ थान मोबाइल बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








