दाङ, २४ माघ
दाङमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१२ बस्ने १६ वर्षीय किशोर रहेका छन् ।
ती किशोरीलाई ललाई फकाई गरी विवाह गर्छु भनी आफ्नो घरमा समेत राखेर जबरजस्ती करणी गरेको र सोही कारण गर्भ समेत रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।
जिल्ला अदालत दाङबाट ५ दिनको म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








