काभ्रे, २२ माघ
काभ्रेको पनौतीबाट २८५ किलो लागुऔषध गाँजासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नुवाकोट विदुर–११ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष ३५ को बुद्धमान तामाङ, रामेछापको रामेछाप– ८ घर भई हाल काठमाडौँ बालाजु डेरा गरी बस्ने वर्ष २० को सञ्जिव तामाङ र सोही स्थान बस्ने वर्ष ५३ कि विमला तामाङ रहेका छन् ।
पनौतीबाट बनेपातर्फ जाँदै गरेको बा ६ च २९६ नम्बरको डिआई गाडीमा चेकजाँच गर्दा सो परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








