काठमाडौँ, २२ माघ
नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट प्रहरीले पक्राउ गरेको हो ।
पुस १७ गते कलंकीस्थित एक किशोरीको डेरामा गएर बलात्कार गरेको आरोपमा यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
डेरामा पानी खाने निहुँमा प्रवेश गरेर यादवले ‘एसिड छ्यापेर कुरुप बनाउँछु’ भन्दै बलात्कार गरेको पीडित किशोरीको जाहेरीमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले यादवविरुद्द बलात्कारको मुद्दा दायर गरेको छ ।
प्रहरीबाट यादवले २०७६ साल पुस १ गते राजीनामा दिएका हुन् ।








