काठमाडौं । एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी छानबिन एवं अध्ययन गर्न गठित समितिले तयार पारेको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सोमबार समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।
एनसेलको मुख्य कम्पनी आजियाटाले गएको डिसेम्बर १ मा आफ्नो सेयर स्वामित्व बिक्री गर्दै नेपालबाट बाहिरिएको घोषणा गरेको थियो ।