कमल बिक
मुगु माघ १५
सोरु गाउँपालीका ५ नेर बस्ने २५ वर्षिया सर्पराज नेपालीमा माथी छाँयानाथ रारा नगरपालिका – १ बसपार्कमा माघ १० गते बिहान सार्वजनिक ठाँउमा बजारदेखि गाडी यात्रुको निउ पारेर योजनाका साथ बसपार्क पुगेर सामुहिक कुटपिट संगै दलित भनेर गाली बेइज्जती गरेको पीडित सर्पराजले बताएका छन् ।
२०७५ देखि जिल्ला मुगु छायाँनाथ रारा नगरपालिका गमगढी बजार स्थित सवारी साधन चलाउदै आईरहेका छन् । हाल सर्पराज नेपाली (लु. १ ज ४१५१) का सवारी चालक हुन ।
२०८० माग १० गते बिहान ८:०० बजे तिर छायाँनाथ रारा नगरपालिका वडा नम्बर २ न्युरोडमा हुम्ला जाने यात्रुहरु खोजिरहेका थिए । बस पार्कमा हुम्ला जाने यात्रुहरूले बर्ष पार्कमा रहेको प्रहरी इन्ट्री पोष्टमा खटिएका एक जना प्रहरीलाई हुम्ला जाने गाडी सम्पर्कमा बोलाइ दिन अनुरोध गरे पछि उनलाई बिहान ८:१३ बजे ९८६७९५६२०७ नम्बरबाट बस पार्कमा रहेको प्रहरी इन्ट्री पोष्टमा खटिएका एक जना प्रहरीले फोन गरी हुम्ला जाने हो तपाई भनी सोध्नुभयो र उनले जाने हो सर भनेर जबाफ दिए । प्रहरीले जाने भए बसपार्कमा हुम्ला जाने यात्रुहरु छन भनेर बोलाए पछि तत्काल उनी न्युरोडबाट बसपार्कमा पुगी हुम्ला जाने यात्रुहरूबाट भाडा संकलन गर्दै थिए । सोही बिहान ८:५० को समयको बखतमा न्यूरोड गमगढीमा रहेको मिलन गेस्ट हाउस होटेलको गाडी बसपार्कमा पुगेपछी गाडी चालक मोहन पुरी र सहचालक देवीलाल बुढाले तेरो गाडी हाम्रो गाडी भन्दा अगाडि गयो भने तेरो गाडी तोडफोड गरि दिन्छु भन्दै धम्की दिएको सर्पराजले बताए । सोही बखत चालकले उनले संकलन गरेको भाडा सहित आठ जना यात्रु लगेर मिलन गेष्ट हाउस होटेलको गाडी हुम्ला तिर गयो र सोही गाडी रूगा गाउँ पुगिसकेको थियो । सोही बेला बसपार्कमा मिलन गेष्ट हाउस होटेलकी सञ्चालक कमला थापा सहित प्रकाश थापा र प्रकाश मल्ल बसपार्कमा पुगी आफुलाई गाडीको सिटबाट बाहिर तानेर त खाते हुम हामी भन्दा ठुलो बन्न पाउदैनस, हामीसँग प्रतिस्पर्धा गर्ने त डुमसाले भन्दै तिन जनाले मलाई सार्वजनिक स्थल बसपार्कमा मलाई हातपात गरि कुटपीट पनि गरेको उनी बताउँछन् ।
आफुलाई प्रहरीकै अगाडि बसपार्कमा जातीय रुपमा गाली बेइज्जती र कुटपिट हुँदा जिल्ला प्रहरी कार्यलय मुगुमा माघ १० गते दिउँसो नै निवेदन दिएको तर प्रहरीले उनीहरू सँग छलफलमा टुंग्याउन भनेको थियो । सर्पराजले माग १४ गते आइतबार दिउँसो पुनः जाहेरीका साथ जिल्ला प्रहरी कार्यलय मुगुमा पुगेका थिए । पीडक पक्षले आफ्नो गल्ती स्विकार गरेेका र घटनालाई छलफलबाट मिलाउन भनेको थिए । तर उनी आफुले नमानेको र मुद्दानै दर्ता गर्ने भनेपछि प्रहरीले आफ्नो जाहेरीमा विभिन्न कारण देखाउदै जाहेरी दर्ता नगरेको उनले गुनासो गरे । अहिले पनि आफुलाई चारैतिरबाट मेलमिलाप गर्न दबाब आएको उनले बताएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख, प्रहरी निरीक्षक सूचना अधिकारी प्रकाश् सिंह कार्किका अनुसार जाहेरी आएको र जाहेरीमा केही कुरा सच्याएर ल्याए मुद्दा प्रक्रिया अगाडि बढ्ने कार्किले बताए ।








