रुकुम, १५ माघ
रुकुम पश्चिमको बाँफिकोटमा ड्युटीमा रहेका प्रहरी जवानमाथि कुटपिट भएको छ । इलाका प्रहरी कार्यालय बाँफिकोटमा कार्यरत प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्कामाथि कुटपिट भएको हो ।
कुटपिटबाट शाहीको ढाड र खड्काको टाउकोमा चोट लागेकोले कोहलपुर मेडिकल कलेजमा उपाचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।
बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसी, ३ का २७ वर्षीय गोविन्द विक, ४ का २२ वर्षीय लक्ष्मण विक, २० वर्षीय सञ्जु खड्का लगायत अन्य १२-१३ जनाको समूहले कुटपिट गरेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








