काठमाडौँ, १४ माघ
सरकारले माघ १६ गते सार्वजनिक विदा दिएको छ । शहिद दिवसको अवसरमा सरकारले माघ १६ गते सार्वजनिक विदा दिएको हो ।
पौष १२ गते बसेको मन्त्रीपरिषदको बैठकले शहिद दिवसको अवसरमा विदा दिने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पछिल्ला केही वर्षमा सरकारले विदा कटौतीको निर्णय गरेसँगै शहीद दिवसको विदा पनि कटौती गरेको थियो ।








