काठमाडौं । बिन्ध्यवासिनी फाउण्डेसनले लोक दोहोरी गायक राजु परियारलाई झलकमान लोक संगीत सम्मान २०८० बाट सम्मानित गर्ने भएको छ ।
शनिबार आयोजित फाउण्डेसनको दशौं वार्षिक भेलाले उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो ।
परियारलाई २५ हजार रुपैयाँ राशीसहित सम्मान प्रदान गरिने भएको छ ।