मोरङ, १३ माघ
मोरङमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा लेटाङ नगरपालिका-१ भोक्टिनी बस्ने २७ वर्षीय कुल बहादुर बिक रहेका छन् । कुल बहादुरले ती किशोरीलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोस्ट भलुवाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








