काठमाडौं । सत्यनिरूपण तथा मेलमिलाप सम्बन्धी विधेयक अगाडि बढाउन तीन दलबीच सहमति जुटेको छ।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको तीन प्रमुख दलका शीर्ष नेताहरूको बैठकबाट विधेयकलाई आगामी संसद अधिवेशनमा लैजान सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए।
‘विधेयक अगाडि बढाउन सहमति जुटेको छ, यसबारे आगामी दिनहरूमा पनि छलफल गर्ने र हिउँदे अधिवेशनमा संसदमा लैजानेबारे दलहरूभए,’ उनले भने।
टिआरसीबारे आममाफी, बालसेना लगायतका विषयसँगै मानवअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालकै सर्वोच्च अदालतले व्याख्या गरेको कानुनका विषयलाई सम्बोधन हुनेगरी विधेयक ल्याउनुपर्ने माग गर्दै आइरहेको छ।
आजको छलफलमा माओवादी केन्द्रबाट अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, कांग्रेसबाट सभापति शेर बहादुर देउवा, उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरूङ र एमालेबाट अध्यक्ष केपी शर्मा ओली र सचेतक महेश बर्तौला सहभागी थिए।