काठमाठौं पुस ८,
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर र रजिष्ट्रार निर्मला पौडेल उच्च अदालतको न्यायाधीश सिफारिस भएका छन् ।
न्यायपरिषद्को निर्णयअनुसार कुँवर र पौडेल न्यायाधीश सिफारिस भएका हुन्
कुँवरलाई यसअघि पाटनकै न्यायाधीशमा सिफारिश गरिए पनि उनले अस्वीकार गरेका थिए ।
मुख्य न्यायाधीश बनाउनुपर्ने अडानमा रहेका कुँवरलाई दोस्रो वरीयतामा रहने गरी वरिष्ठतम् न्यायाधीश बनाउन सिफारिश गरिएको न्याय परिषद् स्रोतले बताएको छ ।








