काठमाडौँ, ४ मङ्सिर
टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धका रिट हेर्न नभ्याइने सूचीमा राखिएको छ।
मंसिर १ गते दर्ता भएका टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलगायत १० जनाले रिट दायर गरेका थिए ।
उक्त रिट आज सुनुवाई हुनेगरी सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासमा परेका थियो। तर, न्यायाधीश चुडाल व्यस्त भएकाले टिकटक बिरुद्दको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो ।
गत २७ कात्तिकमा मन्त्रिपरिषद्को निर्णयबाट सरकारले टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।