मंसिर २६,चितवन ।
चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा तीन सवारी एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
नारायणगढबाट काठमाडौँ तर्फ जाँदै गरेको बा.प्र. ०२–०२४ प ३६३८ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट पछाडिबाट आइरहेको RJ 11 2881 नम्बरको भारतीय ट्रेलरले ठक्कर दिँदा, त्यसपछि काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको बा.५ ख. १०७७ नम्बरको माइक्रोबस समेत दुर्घटनामा परेको चितवन प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा मोटरसाइकल चालक र माइक्रोमा सवार गरी ७ जना घाइते भएका छन्। उनीहरूलाई स्थानीय अस्पताल कुरिनटारमा उपचारका लागि लगिएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरूमा मोटरसाइकल चालक काठमाडौँ तारकेश्वर–४ बस्ने २९ वर्षीय किशोर फैयाल अवस्था मध्यम रहेको छ । त्यस्तै, माइक्रोमा सवार गोर्खा पालुङटार–४ बस्ने ४१ वर्षीय नारायण न्यौपाने, सोही ठाँउमा बस्ने ३४ वर्षीय कोपिला न्यौपाने, गोर्खा सहिद लखन-८ बस्ने १८ वर्षीय सङ्गीता उमागाई, गोर्खा भीमसेन–४ बस्ने ३२ वर्षीय सविना शाक्य, गोर्खा सहिद लखन–२ बस्ने ३४ वर्षीय बालकृष्ण थापा र गोर्खा नागेश्वर–३ बस्ने ३९ वर्षीय उषा श्रेष्ठको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी रवीन्द्र खनालले बताए ।
दुर्घटनामा मोटरसाइकल र माइक्रो दुवैमा क्षति पुगेको भए पनि राजमार्ग अवरुद्ध भने नभएको प्रहरीले बताएको छ।
भारतीय ट्रेलर, मोटरसाइकल, माइक्रो तथा चालकहरूलाई एरिया प्रहरी चौकी फिस्लिङले नियन्त्रणमा लिएको छ।






