२५ मंसिर, काठमाडौं ।
सहकारी ठगी सम्बन्धी कसूर र संगठित अपराध अभियोगको रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाई आज पनि स्थगित भएको छ । स्थगित हुनुको कारण हेर्न नमिल्ने रहेको छ । आज रवि र छविको मुद्दाको पेसी ४ नम्बर इजलासमा तोकिएको थियो ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासका सुचना अधिकारी रामबहादुर कुँवरका अनुसार न्यायाधिशहरु सागर विष्ट र तेजनारायण पौडेलको संयुक्त इजलासमा पेसी तोकिएको न्यायाधिस विष्टले हेर्न नमिल्ने भएपछि स्थगित भएको हो।
आज ४ नम्बर इजलासको क्रम संख्या एकमा रहेको थियो । निवेदक र न्यायाधिश विष्टको चिनजानको ब्यक्ति भएका कारण मुद्दा हेर्न नमिल्नेमा परेको हो।






