१४ असोज, काठमाडौं ।
प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त गर्ने तयारी गरेको छ ।
उनलाई आइतबार राति नै छाड्ने तयारी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
आराेपीले प्रमाण नष्ट गर्ने सम्भावना नदेखिएकाे अवस्थामा प्रहरी अधिकारीले हाजिरीजमानीमा छाड्नसक्ने प्रावधान छ ।
प्रहरीले गरेको सोधपुछमा अनमोलले आफूले १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन अस्वीकार गरेको बताएका थिए । साथै, स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको बताएका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार