चितवन, पुष १ –
चितवनमा होण्डको कारका ग्राहकवगलाई लक्षित गर्दै जेन्युन अटो वल्र्डले अत्याधुनिक सुविधा सम्पन्न सर्भीस् सेन्टर सुभारम्भ गरेको छ । होण्डा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा ली को आधिकारिक सर्भीस् सेन्टरका रुपमा रहदै सर्भीस सेन्टर सुभारम्भ गरेको हो ।
यसअघि जेन्युनले नै टोयटा व्राण्डको कार तथा गाडीहरूको सर्भीस् तथा स्पेयर विगत १५ वर्षदेखि सेवा दिदै आईरहेको छ जेन्युन अटोका अध्यक्ष ईन्द्र रेग्मीले भन्नुभयो-अब दुवै जापानीज व्राण्डका कार तथा गाडीहरूको सर्भीस् एकै ठाँउमा हुनेछ । जेन्युन अटो वल्र्डको अत्याधुनिक सर्भीस् सेन्टरको स्याकार ट्रेडिङकका अध्यक्ष सौरम्भ ज्योती र प्रबन्ध निर्देशक सिर्जना जोशीले रिबन काटेर उद्धघाटन गरेका थिए ।
होण्डाका ग्राहकहरुलाई मध्येनजर गरि वागमती प्रदेशको चितवन आसपासका शहरहरुलाई लक्षित गरि होण्डसँग सहकार्य गर्दै अत्याधुनिक सर्भीस् सेन्टर सुभारम्भ गरेको जेन्युन अटो वल्र्डका अध्यक्ष ईन्द्र रेग्मीले प्रष्ट पार्नुभयो ।
सो अवसरमा बोल्दै स्याकार ट्रेडिङका अध्यक्ष सौरभ ज्योतीले ग्राहक वर्गहरुको मागलाई ध्यान दिदै जेन्युन अटोसँगको सहकार्यमा सञ्चालन आएको सर्भीस् सेन्टरले स्पेयर पाट्स र सर्भीस् मा विशेष ध्यान दिने बताउनुभयो । साथै नयां कारको लञ्चिगंसगै सोरूम पनि छिटै चितवनमा सञ्चालन हुने जानकारी गराउनुभयो ।

यसैविच शुभारम्भसगैँ सर्भिस सेन्टरमा तीन दिने फ्रि सर्भिस क्याम्प सुरू समेत भएको छ । जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानमाका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरुमा होण्डा सेफ्टी रि कल अन्र्तगत निःशुल्क एयर ब्याग पनि परिवर्तन गरेको छ । भविष्यमा पनि कम्पनीले आफ्ना ग्राहकहरुलाई यस्तै प्रकारका सेवा प्रदान गर्ने जानकारी दिएको छ ।
क्याम्पमा ग्राहकले गाडीको सर्भिसिङ एवम् स्क्यानिङ, एयर ब्याग, ब्याट्री हेल्थ चेकअप, टायर निरीक्षणको साथै विभिन्न ३२ प्वाइन्ट निरीक्षण निःशुल्क रुपमा गराउन सक्नेछन् ।







