काठमाडौं, २ भदौं
प्रियंका कार्की अब नायिका मात्र रहिनन् । भिजे हुँदै फिल्मी दुनियाँमा आएकी उनले सञ्चारकर्मी बन्ने रहर युट्युबबाट पूरा गरिरहेकी छिन् ।
सामाजिक सञ्जाल टिकटकमा निकै सक्रिय हुन्छिन् उनी । टिकटकमा छोरी आयंकालाई विशेष ठाउँ दिन्छिन् । फिल्मी करियर ओरालो लाग्दैगर्दा उनी म्युजिक भिडियोमा व्यस्त छिन् । दुई हप्ताअगाडि उनले गीत ‘ए केटा मादलु पड्का’ मा अभिनय गरिन् । उनले यो गीतको ५ वटा टिकटक अपलोड गरेकी छिन् ।
जहाँ एउटा टिकटक हरिवंश आचार्यसँग, एउटा टिकटक छोरी आयंकासँगको राखेकी छिन् । दुईवटामध्ये एकमा टिकटक छोरीसँग बनाएकी छन् भने एउटामा मादलु टीमसँग छोरी राखेर टिकटक बनाएकी छिन् ।
जहाँ निकै भ्युज देखिन्छ । अनि दिक्क लागेर उनका फलोअर्सले कमेन्ट गरेका छन्, ‘भो, अति भो कति सुन्न परेको यो गीत झ्याउ लाग्ने !’
गीतमा फिचर्ड भएपछि प्रोमोसन त गर्नैपर्याे । त्यसमा पनि सानी छोरी राखेपछि भ्युजको ‘नो टेन्सन’ । कतिपयले भनेका छन्- उनले सानी छाेरीलाई अहिलेदेखि नै आफू अभिनित म्युजिक भिडियोमा प्रयोग गर्न थालिन् ।