काठमाडौं, १६ साउन
गायिका जमुना सनमले ‘मेरा त बुढाले रक्सी खाँदैनन्…’ गीतको भाग–२ ल्याउने भएकी छन् । ‘ओई सुन्तली’ बोलको गीत १२ वर्षपछि पुनः लोकप्रिय भएपछि उनले यसको पार्ट–२ ल्याउने तयारी गरेकी हुन् ।
टिकटकका कारण गीत पुनः चर्चित छ । ‘ओई सुन्तली गीतभित्रको ‘मेरा त बुढाले रक्सी खाँदैनन्…’ टुक्का हिट भएपछि जमुनाले यसको भाग–२ ल्याउन लागेकी हुन् ।
मेरा त बुढाले रक्सी खाँदैनन्…
“अहिले जसले जहाँ भेट्छ, यसको भाग–२ चाहियो भन्नुहुन्छ । कमेन्ट गर्नेले भाग–२ कहिले आउँछ भनेर सोध्नु हुन्छ,” जमुना भन्छिन्, “त्यसले यसो दोस्रो भाग ल्याउन लागेको हुँ ।” ‘हान पैतली जमुना झ्याम झ्याम झ्याम… बोलमा उनले दोस्रो भाग ल्याउन लागेकी हुन् ।
“हुन त मैले शब्द र भाका अर्कै भएको गीत तयार पारेको थिएँ,” जमुना भन्छिन्, “तर, सबैले ओइ सुन्तलीको भाग–२ ल्याउनुपर्यो भनेपछि आउँदो हप्ता मैले सुन्तली र जमुना नै राखेर यसको भाग–२ ल्याउँदै छु ।”