काठमाडाैं, साउन १४
प्रकाश सपूतको गीत ‘दमाई महाराज’ले निरन्तर युट्युब ट्रेन्डिङको पहिलो स्थान ओगटेको छ । ८ दिनअघि सार्वजनिक यो गीतले भ्युज पनि लोभलाग्दो पाइरहेको छ । आइतवार बिहानसम्म गीतलाई युट्युबमा ६० लाख बढीले हेरिसकेका छन् ।
‘कमाउने नी हो रमाउने नी हो’ बोलको तीज गीत पनि दुई सातादेखि युट्युब ट्रेन्डिङमा छ । युट्युब ट्रेन्डिङको ९ नम्बरमा रहेको गीतको भिडियोले ५७ लाख बढी भ्युज पाएको छ । यो गीतमा प्रकाश सपूतको अभिनय छ । खेम सेञ्चुरी र सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् ।
गायक भागिरथ चलाउनेले तीन दिनअघि सार्वजनिक गरेको तीज गीत ‘मायाले त होला’ पनि युट्युब ट्रेन्डिङमा परेको छ ।
त्यस्तै, युट्युबमा संगीततर्फको ट्रेन्डिङमा पहिलो नम्बरमा ‘आयुजेह’ शीर्षकको गीत छ । प्रेम सम्बन्धको चर्चाकाबीच सार्वजनिक नेपाली युवा आयुश सिंह ठकुरी र पाकिस्तानी युवती एलिजे जमालीको यो गीतले युट्युबमा ३७ लाख बढी भ्युज पाइसकेको छ ।
संगीततर्फको ट्रेन्डिङमा दोस्रो नम्बरमा सुशान्त केसीको गीत ‘सारंगी’ छ । यो गीतले एक महिनामै १ करोड ६० लाख बढी भ्युज पाइसकेको छ ।
अस्मिता डल्लाकोटीको एकल तीज गीत ‘आमै प्यारो’ संगीततर्फको ट्रेन्डिङमा तेस्रो नम्बरमा छ ।
सज्जनराज वैद्यको ‘उजेली’, तामाङ गीत ‘छाता’, सुजन चापागाईँको ‘उनको स्विटर’, टीका सानुको तीज गीत ‘घर झगडा’, सूर्य खड्काको तीज गीत ‘घण्टी टिनीनी’ इत्यादि युट्युबमा संगीततर्फ ट्रेन्डिङमा छन् ।